नर्सिङ लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला

 नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता लाइसेन्स परीक्षाको अनलाइन फर्म आज (आइतबार)देखि खुला हुँदै छ । परीक्षा आगामी चैत ३ गते हुने छ । 

पीसीएल  र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ ।

नियमित दस्तुर तीन हजार १०० रुपैयाँमा फागुन २१ गतेसम्म र दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार