शाहब आलमको घातक बलिङसामू कोशीको कन्तबिजोग, २५ ओभरमा ८८ रन बनाउँदै अलआउट

 प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा  त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेशबाट ८९ रनको सामान्य लक्ष्य पाएको छ । ।

आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन् ।

माथिल्लो मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको कोशी २५ ओभरमा ८८ रनमा अलआउट भयो । उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसविरुद्धको खेलमा शानदार शतक हानेका सुजन थपलिया आज ८ रनमा आउट हुँदा सोनु अन्सारी, कमल खत्री,अभ्यास तिमिल्सिना, सौजन घिमिरे र हेमन्त राई शून्य रनमै आउट भए । भने कोशीले १९ रन अतिरिक्तमा पायो ।

कोशीको पारी धरापमा पार्न आर्मीका शाहब आलमले घातक बलिङ गरे । ६।४ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै १४ रन खर्चिएर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार