ललितपुरका एसएसपी शाह प्रहरी हेडक्वार्टर तानिए, डीएसपी र पीएसओ निलम्बनमा

जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शिद्दिविक्रम शाह प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन् । ललितपुरको बालकुमारी घटनाका कारण उनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका हुन् ।

शाहसँगै जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज (डीएसपी) उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बनमा परेका छन् ।

बालकुमारीमा शुक्रबार भएको घटनामा दुई युवाको ज्यान गएको थियो भने बहालवाला मन्त्रीको गाडीमा प्रदर्शनकारीले आगो लगाएका थिए ।

बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार