मुम्बई एयरपोर्टमा बम विस्फोट गराउने धम्की, १ मिलियन बिटक्वाइन माग

महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ मा बम विस्फोट गराउने धम्की प्राप्त भएको छ ।

यो धम्की बिहीबार (२३ नोभेम्बर) इमेलमार्फत् दिइएको थियो । जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिन माग गरिएको थियो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार यस विषयमा एफआईआर दर्ता गरिएको छ र यस विषयमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार यो इमेल बिहीबार बिहान करिब ११ बजे मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेडको फिडब्याक इनबक्समा पठाइएको थियो।

धम्की दिने इमेलमा लेखिएको थियो, “तपाईँको एयरपोर्टको लागि यो अन्तिम चेतावनी हो। यदि १ मिलियन बिटकोइन ठेगानामा ट्रान्सफर गरिएन भने, हामी ४८ घण्टाभित्र टर्मिनल २ उडाउनेछौँ। २४ घण्टाभित्र अर्को अलर्ट पछि आउनेछ।” -बीबीसी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार