काँग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरूबिच देखिएको विवाद समाधान

महाधिवेशनको सङ्घारमा रहेको नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा नेताहरूबिच देखिएको विवाद समाधान भएको छ ।  पार्टी कार्यालय सानेपामा शुक्रवार बसेको काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या सहमतिमा नै टुङ्गाउने सहमति भएको हो । क्रियाशील सदस्यताका बारेमा परेको उजुरी र गुनासो सहमतिमा नै टुङ्गाउने सहमति भएको काँग्रेस नेता एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
त्यस्तै अन्य दलबाट काँग्रेसमा समाहित भएका दलका सदस्यको नवीकरण पनि सहमतिमा नै गरिने उनको भनाई छ । उनका अनुसार हालसम्म ४ लाख सदस्यले नवीकरण गरेका छन् भने ४ लाखको हाराहारीमा नै नयाँ सदस्यता इन्ट्री भएको छ । उनले क्रियाशील सदस्यताका बारेमा अव कुनै समस्या नरहेको जानकारी दिएका छन् ।  उनले तोकिएको समयमा नै महाधिवेशन र अन्य जिल्ला अधिवेशन हुने जानकारी पनि दिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार