स्थानीय तहहरुलाई सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई आग्रह गरेको छ ।

प्राधिकरणले आज (आइतबार) सूचना जारी गर्दै सडक बत्तीको महशुल ४५ दिन भित्रमा भुक्तानी गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो ।

सडक बत्ती प्रयोग गरेवापत गएको असार मसान्तसम्मको महशुल ४५ दिनभित्रमा नबुझाए प्राधिकरणको नियम बमोजिम कारबही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ ।

त्यसैगरी स्थानीय तहहरुलाई मिटर नराखी आफूखुसी जथाभावी सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले भनेको छ ।

मिटर जडान नगरी बत्ती बालिएको भए ४५ दिनभित्रमा नियमअनुसार मिटर जडान गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार