४८ घन्टाभित्रमा कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

कार्कीले ठूलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।

निवेदक कार्कीको माग बमोजिम रिट जारी गर्दै सर्वोच्चले उनलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार