कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेका हुन् । प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखेली जनताको सेवामा समय दिन नसकिएकाले उक्त जिम्मेवारी छाडेको उनले उल्लेख गरेका छन् ।

राजीनामा दिएको तस्बिरसहित कांग्रेस नेता काफ्लेले मंगलबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको छु ।’

उनले अगाडि लेखेका छन्, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अतः केन्द्रीय सदस्यका रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

यसबीच आफूलाई सहयोग गर्ने नेपाली कांग्रेस, बागमती प्रदेशका सबै सांसद तथा नेतारकार्यकर्तालाई उनले धन्यवाद ज्ञापन पनि गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार