६० किलो सुन प्रकरण: थप एक जना पक्राउ

गत साउन ३ गते काठमाडौंबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन प्रकरणमा बुटवल घर भएका सुमन खरेललाई पक्राउ गरेको हो । खरेललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको सीआइबी स्रोतले जनाएको छ ।

खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् । खरेल पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २६ पुगेको छ । राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सिआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको छ ।

अहिले अनुसन्धानका लागि सीआईबीले सुन ल्याइएको हङकङ र सुनको गन्तव्य भारत दुवैमा अनुसन्धान टोली खटाएको छ । हालसम्म सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार