बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

गलकोट नगरपालिका ३ बतासेडाँडामा गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २८ वर्षीय गणेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार