राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा जारी गतिरोध हटाउन राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । बैठक मंगलबार बिहान साढे ८ बजे बस्ने जनाइएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार