दक्षिणकाली मन्दिर परिसरमा सनराइज बैंकको क्युआर कोड सेवा (भिडियो)

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तनी सेवा सुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तनी कारोबारको आज एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक भुवन राज कडेंलले शुभारम्भ गरेका हुन् ।

यो सेवासँगै अब उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन वा मोबाईल वालेट मार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पुजा सामाग्री, चिया नास्ता तथा अन्य सामाग्रीहरुको खरिद रकमको भुक्तनी गर्न सक्नेछन् । ग्राहकहरुको सहजताको लागी बैंकले मन्दिर परिसरमा फ्रि वाईफाईको समेत व्यवस्था गरेको छ । दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्युआर कोड मार्फत भुक्तनी कारोबारको सुरुवात गरिएको बैंकले जनाएको छ ।

क्युआर कोड भुक्तनी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुतानी प्रणली विभागका कार्यकारी भुवन कँडेल, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष मोहन बस्नेत, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका वरिष्ठ पदाधिकारीहरु लगायत दक्षिणकाली क्षेत्र विकासका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तनी अझै छिटो झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्तहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् । यो सेवा उपयोग गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागी सनराइज बैंले क्युआर कोड भुक्तनी सेवा अझै प्रभावकारी ढंगले अगाडी बढाइरहेको बैंकले जनाएको छ । यसै सिलसिलामा बैंकले बुद्ध अन्तर्राष्टिय विमानस्थलको ट्यासीहरुमा त्रिनगर कृषि हाटबजार धनगढीमा लगायत देशभरीका विभिन्न ठाउँमा क्युआर कोड भुक्तनिको व्यवस्था गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार