जनमत पार्टीले गर्‍यो दुईजना सांसदलाई पार्टीबाट निष्कासन

काठमाडौं। डा.सिके राउत नेतृत्वको जनमत पार्टीले दुई जना समानुपातिक सांसदलाई कारबाही गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर (मोरङ) र विनीता सिंह (सिरहा)लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

जनमतले ‘राइट टु कल’ भन्ने पार्टीको नीति अन्तर्गत पार्टीबाट कारबाही गरेर सांसदको भूमिकाबाट हटाउने निर्णय गरेको हो ।

उनीहरूले सांसद भएर अनुशासन उल्लङ्घन गरेको आरोप जनमतले लगाएको छ । कारबाहीमा परेका सांसदको ठाउँमा बसलाई पठाउने भन्ने बारे छलफल जारी रहेको जनमत पार्टीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार