गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत पाएका छन् । प्रदेशसभा विश्वासको मत लिने पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । त्यस्तै विपक्षमा २७ मत परेको छ । मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले आज विश्वासको मत लिन लिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार