इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना मात्रै उर्तीण

काठमाडौँ – इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना मात्रै पास भएका छन्। मंगलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो।

परीक्षामा सहभागी १ हजार ९८१ जना विद्यार्थीमध्ये ५६५ जना परीक्षार्थी मात्रै पास भएको काउन्सिलका अध्यक्ष पदम शाहीले बताए।

उनले परीक्षा चैत १३ र १४ गते लिएको र जसमा साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएको बताए। उनले इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको जानकारी दिए।

इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको हो। उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।

इन्जिनियरिङ उत्तीर्ण भई इन्जिनियर व्यवसाय गर्नका लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष शाहीले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार