गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

‘डन’का रुपमा परिचित गणेश लामालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंबाट सांसद दीपक मनाङेलाई भेट्न पोखरा आएका लामालाई लेकसाइडको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो । उनी मनाङेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका बुझिएको छ । पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय बैदाममा सोधपुछका लागि ल्याइएको डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए । विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् । उनले कांग्रेसबाट प्रदेश सभामा चुनाव लडेर पराजित भएका थिए ।

मनाङेले बुधबार साँझबाट विपक्षीलाई साथ दिने घोषणा गर्दै सम्पर्कबिहीन भएका थिए । मनाङे बिहीबार विश्वासको प्रस्तावमा मतदान गर्न अनुपस्थित रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार