बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ । बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौँडामा मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।

बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागिको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिंदै गुण र दोषको आधारमा शसक्त प्रतिपक्षीको भूमिकामा रहन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार