हेर्नुहोस पृथ्वीजस्तै बस्न लायक अर्को ग्रह भेटियो, पृथ्वीतर्फ नजिकिदैं गरेको बैज्ञानिकको भनाई

हेर्नुहोस पृथ्वीजस्तै बस्न लायक अर्को ग्रह भेटियो, पृथ्वीतर्फ नजिकिदैं गरेको बैज्ञानिकको भनाई

तारामण्डलमा एलियन (मानवजस्तै अन्य ग्रहको प्राणी) को जीवन रहेको आशंका गरिँदै आए पनि यसबारे थप रोचक तथ्य पत्ता लगाएको वैज्ञानिकहरुले दाबी गरेका छन् । हाम्रो सौर्यप्रणालीबाट मात्र ११ प्रकाश वर्ष टाढा पृथ्वीकै आकार र तापक्रम मिल्नेखालको नयाँ ग्रह वैज्ञानिकहरुले पत्ता लगाएका छन् । भर्खरै सार्वजनिक नयाँ अध्ययनले सतहको तापक्रम र उस्तै आकारको ग्रह भेटिएकोले त्यहाँ सम्भावित एलियन जीवनको आशंका गरिएको हो । नयाँ पत्ता लागेको संसारलाई रोस१२८बी नाम दिइएको छ । ११ प्रकाश वर्षमात्रै टाढा यो ग्रहले एउटा रेड ड्वार्फ तारालाई परिक्रमा गर्छ । आधुनिक प्रविधिअनुसार यो ग्रहसम्म पुग्न करिब…

Read More

चुनावमा असल प्रतिनिधि चुन्नसके हामी नयाँ नेपाल प्राप्तिको सँघारमा छौँ

चुनावमा असल प्रतिनिधि चुन्नसके हामी नयाँ नेपाल प्राप्तिको सँघारमा छौँ

नेकपा माओवादीले सशस्त्र  बिद्रोहताका बाँड्दै हिँडेको नयाँ नेपालको सपनाले साकार रूप लिन लागेको छ । यसका लागि नयाँ संविधान बनिसकेको छ । त्यसलाई व्यावहारिक रूप दिन स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरू आइसकेका छन् । देशलाई नेतृत्व दिने संघीयसभा र प्रदेशसभाका विधायकहरूको निर्वाचन भएपछि पुरानो नेपाल र नयाँ नेपालबीचको संक्रान्तिकाल (पुरानो जाने, नयाँ आउने सन्धिकाल) समाप्त हुनेछ । ०६२/०६३ को दोस्रो जनआन्दोलनले नेपालमा ‘रेजिम चेन्ज’ (सर्वोच्च शासकीयता परिवर्तन) गरिदिएपछि राजा ज्ञानेन्द्र नागार्जुन निर्वासनमा गए । उनको निर्वासनसँगै २ सय ४० वर्ष चलेको शाहवंशको शासकीय सर्वोच्चता पनि समाप्त भयो । डा रामवरण यादव…

Read More

नेताका आश्वासनको चाङमा पुरिएर जनता सोध्दैछन कसका कुरा पत्याउने

नेताका आश्वासनको चाङमा पुरिएर जनता सोध्दैछन कसका कुरा पत्याउने

बद्री तिवारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा मुलुकका राजनीतिक दलहरू आफ्ना बलबुताले भ्याएसम्म आश्वासनका पोका बाँडिरहेका छन् जनतालाई। मत प्राप्त गर्नका लागि साम, दाम, दण्ड, भेद, जहाँ जुन नीतिले काम गर्दछ त्यही नीति अख्तियार गरेर जनतालाई फकाउन–फुल्याउन व्यस्त छन् दलहरू। विगतका आश्वासनहरू एकपछि अर्को गरी चाङ लागेका लाग्यै छन्, ती पूरा हुनुको सट्टा नयाँ–नयाँ प्याकेजस्वरूप थप आश्वासन आउने क्रम रोकिनेछैन मंसिर २० गतेसम्म। तर जनता विचरा बबुरो बनेका छन्, आफैंले ल्याएको परिवर्तनको परिणाम भोगेर। हुन पनि जनतालाई यतिखेर ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाबुको अनुहार’ भन्ने प्रचलित नेपाली…

Read More

चुनाबमा हाम्रो सहभागिता, व्यप्त राजनीतिक समस्याको समाधानका लागी

चुनाबमा हाम्रो सहभागिता, व्यप्त राजनीतिक समस्याको समाधानका लागी

सीपी गजुरेल संविधानमा असहमति जनाउँदा-जनाउँदै पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हामीले क्रान्तिकारी उपयोगको नीतिअन्तर्गत सहभागिता जनाएका छौं । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका पार्टीले भाग लिएको जस्तो हाम्रो निर्वाचन उपयोगको नीति फरक छ । हामीले यसलाई क्रान्तिकारी उपयोग मात्र गरेका हौं । हाम्रो बुझाइमा अहिलेको राज्यव्यवस्था प्रतिक्रियावादी छ । संविधान पश्चगामी छ, तर यसलाई भण्डाफोर र खारेज गर्ने नीतिअन्तर्गत हामी चुनावमा सहभागी भएका छौं । यो क्रान्तिकारी माओवादी, यसको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको कार्यनीतिक प्रश्न हो । हामीले रणनीतिक रूपमा होइन, कार्यनीतिक रूपमा चुनावमा भाग लिएका हौं । यसलाई हामीले क्रान्तिको…

Read More

विदेशनीतिका सवालमा पार्टीका घोषणापत्र यथार्थवादी होईनन

विदेशनीतिका सवालमा पार्टीका घोषणापत्र यथार्थवादी होईनन

डा. देवीप्रसाद सुवेदी   दोस्रो विश्वयुद्धपछि र खास गरी संयुक्त राष्ट्रसंघको उदयपछि विश्वमा उदाएका पुँजीवादी र साम्यवादी खेमाको नेतृत्वगर्ने संयुक्त राज्य अमेरिका र सोभियत संघबीचको दुईधु्रवीय शीतयुद्ध र भियतनाममा अमेरिकाले र अफगानिस्तानमा सोभियत संघले गरेको सैन्य हस्तक्षेपबाट तेस्रो विश्वयुद्धको आशंकामा रहेका बाँकी तेस्रो विश्वका राष्ट्रहरूले बेलग्रेड, कायरो र इन्डोनेसियाको बाङडुङमा असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन गरी सम्भावित दुईध्रुवीय युद्धबाट विश्वलाई त्राण दिएका हुन् । चाओ अनलाई, नेहरू, सुकानो, टिटो, महेन्द्र,नासेर आदि राष्ट्राध्यक्ष र राष्ट्रप्रमुखहरूले अमेरिकाले नेतृत्व गरेको नेटो, नाटो, सेटो आदि सैन्य सन्धि संगठन र सोभियत संघले नेतृत्व गरेको वार्सा सन्धि…

Read More

क्रिसमस डेमा बिदा दिन माग

क्रिसमस डेमा बिदा दिन माग

काठमाडौं ।  एड्भोकेट्स फर द नेशन नामक संस्थाले सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेशलाई सम्मान गर्दै नेपाल सरकारले क्रिसमस डे (दिवस) लाई सार्वजनिक बिदा घोषणा गर्नुपर्ने माग गरेको छ । उक्त संस्थाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी क्रिसमस डे (पौष १० गते अर्थात डिसेम्बर २५) का दिन सार्वजनिक विदा दिन ढिलाई नगर्न सरकारसँग आग्रह गरेको हो । संस्थाका अध्यक्ष अधिवक्ता गणेश श्रेष्ठले सम्मानित सर्वोच्च अदालतको आदेशलाई नेपाल सरकारले तत्काल पालना गर्दै उक्त दिन बिदा दिन ढिलाई गर्न नहुने धारणा राख्नुभयो । ‘सरकारले अदालतको निर्देशनात्मक आदेशको तत्काल पालना नगरे हामी अल्पसंख्यक…

Read More

को बन्नेछन देउवाको रोजाईका ७ प्रदेश प्रमुख, जो मुख्यमन्त्रीभन्दा शक्तिशाली हुनेछन

को बन्नेछन देउवाको रोजाईका ७ प्रदेश प्रमुख, जो मुख्यमन्त्रीभन्दा शक्तिशाली हुनेछन

सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले चुनावअघि नै प्रदेश प्रमुख नियुक्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाएका छन । तत्काल प्रमुख नियुक्त गर्दा आफुअनुकुलको गर्ने मौका भएको भन्दै उनिहरुले प्रधानमन्त्रीलाई सातै प्रदेशमा प्रमुखको नियुक्त गर्न सुझाएका हुन । पार्टीका नेताहरुकै दवाबमा प्रधानमन्त्रीले तत्काल अघि बढाउन निर्देशन दिएपछि अहिले मन्त्रीपरिषदको सचिवालयले आगामी मन्त्रीपरिषदको बैठकले टुंगाउनेगरि ७ वटै प्रदेशका प्रमुखको फाईल तयार गरिसकेको छ । नेपालको संविधानको धारा १६३ अनुसार राजनीतिक आधारमा नियुक्त हुने प्रदेश प्रमुखका लागी मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने देखी मुख्यमन्त्री नियुक्त…

Read More

वाम गठबन्धनको शक्ति बलियो हुँदै: नेता पोखरेल

वाम गठबन्धनको शक्ति बलियो हुँदै: नेता पोखरेल

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लीलामणि पोखरेलले निर्वाचनमा वाम गठबन्धनको शक्ति बलियो हुँदै गएको बताउनु भएको छ । संयुक्त वामपन्थी गठबन्धन बुद्धिजीवी निर्वाचन सहयोग समितिले आज यहाँ आयोजना गरेको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धन निर्माणपछि निष्क्रीय भएका मतदाता पनि वाम गठबन्धनमा आएकाले शक्ति बलियो हुँदै गएको बताउनुभयो । “वाम एकताले एकपछि अर्को सहयोग थपिँदै गएको छ । निष्क्रीय रहेका मानिस पनि गठबन्धनमा आउन थालेका छन्”–उहाँले भन्नुभयो, “त्यसैले निर्वाचनमा वाम गठबन्धन शक्तिशाली बन्दै गएको हुनाले बहुमत ल्याउँछ ।” कार्यक्रममा नेकपा एमाले का नेता अग्नि खरेलले वाम एकता…

Read More

सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी: नेता सिंह

सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी: नेता सिंह

काठमाडौँ | नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले लोकतान्त्रिक, समावेशी सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी मिलेको बताउनुभएको छ । देश र जनताका लागि बुबा आमाको संघर्ष देखेर नै आफू राजनीतिमा आएको बताउँदै उहाँले आफ्नो भित्री इच्छा असल नेताको रुपमा स्थापित हुन चाहेको बताउनुभयो । चुनावी घरदैलोका क्रममा आज क्षेत्र नं १ को शंखमुल क्षेत्रमा भएको भेलामा उहाँले असल नेताको रुपमा देशको आर्थिक विकासमा योगदान गर्ने आफ्नो मनोकांक्षा रहेको धारणा राख्नुभएको हो । नेता सिंहले आफ्नो क्षेत्रको मात्र नभई सिंगो काठमाडौँलाई स्वच्छ…

Read More

म्याग्दीमा बिप्लवका कार्यकर्ताले प्रहरीलाई चक्मा लगाईदिए ,मोबाईल र पाईन्ट बोकेर हिड्यो प्रहरी

म्याग्दीमा बिप्लवका कार्यकर्ताले प्रहरीलाई चक्मा लगाईदिए ,मोबाईल र पाईन्ट बोकेर हिड्यो प्रहरी

चुनावबिरोधी गतिबिधी बढेपछि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथी प्रहरी धरपकड बढेको छ । गएको १ हप्तामा मात्रै दर्जन बढि कार्यकर्तालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीलाई म्याग्दीमा भने एक कार्यकर्ताले चक्मा लगाएर भागेका छन । नेकपाका सक्रिय कार्यकर्ता म्याग्दीको बेनी नगरपालिका ३ का राम बहादुर किसानलाई नियन्त्रणमा लिन गएको प्रहरीले किसानको मोबाईल लगाउने कपडा लिएर फर्कनुपरेको समाचार छ । बेनी नगरपालिका ३ मा पर्ने स्वाँर भन्ने स्थानमा खेत जोतिरहेका किसानले आफुलाई पक्राउ गर्न पुगेको हतियारसहितको सादा पोशाकका प्रहरीलाई चक्मा लगाएर भागेपछि प्रहरीले किसानको मोबाईल र लगाउन पाइन्ट बोकेर फर्किएको हो ।…

Read More