नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज बिहीवार सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत ज्ञवालीले यसले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गरेको र नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्याएको बताएका हुन् । उनले आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ? भनेर प्रश्न समेत गरेका छन् ।
सर्वोच्चले निजगढमा विमानस्थल बनाउने अहिलेसम्मका सबै सरकारी निर्णयहरू बदर गर्दै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिएको हो भने अन्तै ठाउँ खोज्न पनि सरकारलाई आदेश दिएको हो ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश