एमाले नेतृत्वका लागि मतदान जारी, बिद्युतीय मतदानले सजिलो बनाएको प्रतिक्रिया
मतदान सकिएलगत्तै मतदान गणना हुने
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
राति ९ बजेदेखि अहिले बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारितभन्दा सात घण्टापछि ४ बजेदेखि मतदन सुरू भएको हो ।
प्रविधिमैत्री महाधिवेशनमा जोड दिएको एमालेले विद्युतीय मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ । युवा वैज्ञानिक रामलक्ष्मणले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिन प्रयोगका कारण मतदान, मतगणनालगायतका कार्यमा सहज र छरितो हुने बताइएको छ ।