बाग्लुङ निसिखोलाका अध्यक्ष घर्ती अवैध गाँजा कारोबारी भएको अदालतको ठहर

बागलुङ – निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध सम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो।

जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालशले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए। जिल्ला प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई पक्राउ गरेको थियो।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा सप्लाई गर्ने व्यक्तिको खोजी गर्ने गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो। घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी ०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागूऔषध गाँजा–चरेस नियन्त्रण ऐन २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

निसीखोला गाउँपालिका ६ का अध्यक्ष लागुऔषध गाँजा सहित पक्राउ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार