निसीखोला गाउँपालिका ६ का अध्यक्ष लागुऔषध गाँजा सहित पक्राउ

काठमाडौँ – बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती गाँजा सहित पक्राउ परेका छन् । घर्तीलाई बिहिबार राति निसी स्थित उनकै घरबाट पक्राउ परेको प्रहरीको भनाई छ । घर्तिलाई प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको टोलीले पक्राउ गरेको हो ।

घर्तिलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङ लैजाने तयारी भएको बताइएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए । घर्तिको साथबाट ठूलो परिणामको गाँजा बरामद भएको प्रहरीको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार