मलेसिया पुगेका नेपाली युवा विमानस्थलबाट कम्पनीमा जाँदै गर्दा हराए

काठमाण्डौ – नेपालबाट रोजगारीका लागि मलेसिया पगेका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराएका छन् ।

११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । कम्पनीले उनलाई विमानस्थलबाट कम्पनीकै बसमा राखेर कार्यस्थल रहेको स्थान मलेसियाकै जोहोरबारु लगिरहेको थियो ।

क्वालालम्पुरबाट कम्पनीतर्फ जाँदा मलेसियाकै कम्पुङ बेम्वानमा खानका लागि बस रोकेको दूतावासले जनाएको छ । त्यसपछि बस सिधै कम्पनीको होस्टेलमा पुगेको थियो । तर कम्पनीको होस्टेलमा पुग्दा सोमर थिएनन् ।

विमानस्थलबाट जोहोरबारुसम्मको यात्राकै क्रममा उनी हराएकाले कहीँ कतै देखे वा भेटेमा सम्पर्क गरिदिन दूतावासले सूचना जारी गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार