डडेल्धुरामा १० बजेपछि मतगणना हुने

डडेल्धुरा । डडेल्धुरामा सोमबार बिहान १० बजेदेखि मतगणना शुरु हुने भएको छ । त्यहाँ भौगोलिक विकटताका कारण मतपत्र आउन ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

आइतबार निर्वाचनमा कुल मतदाताको ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो । डडेल्धुरामा ९१ कुल २ सय १ मतदाता छन् । सर्वदलीय सहमतिको आधारमा १० बजेपछि मात्रै मतगणना हुने वाग्लेले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार