मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै विस्फोट

मोरङ – मोरङको बुढीगंगामा मतदान केन्द्र भित्रै पटका पड्काइएपछि मोरङको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार