नुवाकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।  नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको ठूलो धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

काठमाण्डौंमा भूकम्पको ठूलो धक्का महसुस

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार