म्याग्दी पहिरो : मृतकको संख्या ५ पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय गोठेविकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको थियो ।

त्यस्तै घटनामा बेपत्ता छिमेकी परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमती राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको हो । पहिरोमा पुरिएका उनीहरुको शव स्थानीयले पहिरो खनेर मंगलबार दिउँसो १२ बजेतिर झिकेका हुन् ।

पहिरोमा परी घाइते भएका ६२ वर्षीय गोठे विक र उनकी ६७ वर्षीया गोरी विकको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । प्रहरीले वर्षा नरोकिएको र खराब मौसमको कारण घाइतेको उद्धारमा हेलिकोप्टर पठाएर उद्धार गर्न समस्या भएको जनाएको छ ।  पहिरोमा परेर तीनवटा घर पुरिएका थिए ।

म्याग्दीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, तीन बेपत्ता

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार