म्याग्दीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु, तीन बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा पहिरोले तीनवटा घर पुरिएका छन् । सोमबार राती पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा छोराहरू १३ वर्षका राजन विक र १५ वर्षका नविन विकको मृत्यु भएको छ । त्यस्तै घटनामा तीनजना अझै बेपत्ता रहेका छन् ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता छन् । स्थानीयबासीले उनीहरूको खोजी गरिरहेका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार