सुन्दरीजलमा बेपत्ता १६ वर्षीय शुभमको शव भेटियो

काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ ।खोलामा खसेर बेपत्ता भएका काठमाडौंको कपनका १६ वर्षीय शुभम श्री प्रधानको शव आइतबार दिउँसो भेटिएको हो ।

शनिबार उनी आफ्ना साथीहरूसँग सुन्दरीजलमा घुम्न पुगेका थिए। उनीसहित सात जना त्यहाँ घुम्‍न गएका थिए । प्रधानले शनिबार अपरान्ह सवा ४ बजेतिर ढुंगामा बसेर फोटो खिचाउन खोजेका थिए । त्यसक्रममा उनी चिप्लिएर खोलामा खसेका थिए । खसेपछि साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार