एसपीपीसम्बन्धी निर्णय कार्यान्वयनबारे जानकारी गराउन सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी दिन रुलिङ गरेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षका सांसदहरूले बारम्बार उक्त विषय संसद्‌मा उठाएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।

एसपीपी सम्झौता कार्यान्वयन नगर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको अवस्थामा पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्राचार नगरेको भन्दै सांसदहरूले आवाज उठाएका थिए । उनीहरूले सभामुखबाट रुलिङ हुनुपर्ने माग गरेका थिए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख सापकोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय र कार्यान्वयनको अवस्थाबारे संसद्‌लाई जानकारी हुनुपर्ने भन्दै रुलिङ गरेका हुन् । ‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनबारे संसद्‌लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछ’ सभामुख सापकोटाले भनेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार