बसबरिया गाउँपालिकाले साढे १६ लाखको साडी बाड्यो

सर्लाहीको बसबरिया गाउँपालिकाले साढे १६ लाख रुपैयाँ बराबरको साडी वितरण गरेको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार सो गाउँपालिकाले जनप्रतिनिधिमार्फत उक्त रकम बराबरको साडी खरीद गरेर वितरण गरेको खुलेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम प्रतिफल दिने कार्यक्रम छनोट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था उल्लेख छ । यसरी साडी वितरण गर्नु प्रतिफल नदिने कार्यक्रम भएकाले खर्च नियमसम्मत नदेखिएको निष्कर्ष समेत महालेखाको रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार