सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला

सर्लाहीमा ८ महिने शिशु मृत अवस्थामा फेला परेकी छिन् । भने उनकी आमा बेहोस अवस्थामा भेटिएकी छिन् ।

लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका ५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए । प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले बताए ।

‘प्रारम्भिक चरणमा बुझ्दा ती महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । अन्य के कारण हो त्यो बुझ्दैछु’, डीएसपी यादवले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार