थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार २ हजार २३३ पीसीआर परीक्षणमा ८ जना र ५३५ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १० जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३३ पुगेको छ ।यसैगरी, सोमवार १६ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ९९१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार