तिलोत्तमामा मतगणना रोकियो, सुचारु गर्न सर्वदलीय बैठक जारी

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि मतगणना रोकिएको छ । अहिले रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेको हो। निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार