महोत्तरीमा तराई मधेश लोकतान्त्रिक पार्टी विजयी

महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अजयजंग रायले २ हजार २०८ मत ल्याए ।

यस्तै उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार