मेलम्ची नगर प्रमुखमा आइतमान र उपप्रमुखमा उमा विजयी

मेलम्ची नगरपालिकाको प्रमुखमा कांग्रेसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन् । मेयर तामाङले ११ हजार २५८ मत ल्याएका छन । उनको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याए ।

उपमेयर प्रधानले १० हजार १६४ मत र उनकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी कुमारी मोत्तानले ८ हजार ३६४ मत ल्याइन् । उक्त नगरमा कांग्रेस र राप्रपाको गठबन्धन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार