माओवादीले जित्यो चौरजहारीको मेयर र उपमेयर

रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।

माओवादीका उम्मेदवार पुष्प वादीले ६ हजार ८८२ मतसहित मेयर जितेका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार प्रेमबहादुर वलीलाई हराए । वलीले ६ हजार ३११ मत ल्याएका थिए ।

उपमेयरमा पनि माओवादीले जितेको छ । माओवादी उम्मेदवार ईश्वरीकुमारी शर्माले एमालेका उम्मेदवार टंकप्रसाद ओलीलाई पराजित गर्दै उपमेयर जितेकी हुन् । शर्माले ७ हजार २ मत ल्याउँदा प्रतिद्वन्दी ओलीले ५ हजार ७४४ मत ल्याएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार