बागलुङको जैमिनी नगरपालिकामा गठबन्धनको जित

बागलुङको जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चाका नर बहादुर पुन निर्वाचित भएका छन् । पुनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिला रानालाई ५ हजार ८८२ मतान्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

पुनले ८ हजार ७५५ मत प्राप्त गरेका छन भने रानाले २ हजार ८७३ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्मा निर्वाचित भएका छन् । उनी ६ हजार ५३७ मतान्तरले उपप्रमुखमा निर्वाचित भएका हुन् । शर्माले ९ हजार १७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उषा पौडेलले २ हजार ६३६ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार