पोखरा महानगरपालिकामा धनराज आचार्य १ हजार ४ सय मतले अगाडी

पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्य झन्डै १ हजार ४ सय मतले अघि छन्।महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो मत परिणाम अनुसार २१ हजार ९ सय ६० मत गन्दा नेकपा एकीकृत समाजवादीका आचार्यले ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन्। यस्तै आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ७ सय ७४ मत ल्याएका छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खनालले १ हजार ६१ भोट ल्याएका छन्। महानगरपालिकाको उममेयरमा पनि सत्ता गठबन्धनकी कोपिला रानाभाट अगाडी छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार