पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्सामा एउटा वडामा जित निकालेको छ। पर्साको पोखरीया नगरपालिका–९ को वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौशाद आलम विजयी भएका हुन् । मतगणनाको अन्तिम नतीजा अनुसार आलम ८ सय ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले भने ६७८ मत मत प्राप्त गरे। पोखरीया नगरपालिकामा सुशासन पार्टीले मेयर र उपमेयरमा पनि उम्मेदवारी दिएको थियो। जारी मतगणनामा मेयर पदमा सुशासन पार्टीका उम्मेदवार शंकर यादव दोश्रो स्थानमा छन्।