उद्योग मन्त्री बडूको जिल्लामा काँग्रेसले एउटा पालिका पनि जित्न सकेन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।

प्रतिनिधि सभामा उनी लड्दै आएको जिल्लाम यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्। २०७४ सालको निर्वाचनमा नौ स्थानीय तहमध्ये नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हात पारेको थियो।

२०७४ सालमा दार्चुलाको महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार