१२४ पालिका जित्दै कांग्रेस पहिलो, एमालेलाई पछ्याउँदै माओवादी

देशभर स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्मको नतिजाअनुसार कांग्रेस सबैभन्दा बढि सिट जित्दै अग्रस्थानमा रहेको छ ।

कांग्रेसले अहिलेसम्म १२५ स्थानमा जित हासिल गरेको छ । एमाले ७६ स्थानमा जित्दै दोस्रो रहेको छ । एमालेलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । माओवादीले अहिलेसम्म ६१ स्थानमा जित हासिल गरेको छ ।

नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जित निकालेको छ । जसपाले ३ स्थानमा जित हासिल गर्दा अन्यले ८ स्थानिय तहमा जित दर्ता गरेका छन् ।

७५३ पालिकामध्ये अहिलेसम्म ७०१ पालिकाको मतगणना भइरहेको छ । विभिन्न कारणले स्थगित भएका ५२ पालिकामा मतदान जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार