वडा सदस्यमा पराजित भए निर्वतमान पालिका अध्यक्ष

सुर्खेत–बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्नेत वडा सदस्यमा पराजित भएका छन् । बस्नेत गाउँपालिकाको वडा नम्बर ८ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार बनेका थिए ।

खुल्ला सदस्यको उम्मेदवार रहेका बस्नेतले पाँच सय ३९ मत ल्याएका छन् । खुल्ला सदस्यमा नेकपा एमालेका प्रेमराज लिम्बुले पाँच सय ९१ मत तथा छविलाल शर्मा जैसीले पाँच सय ७८ मत ल्याएर बस्नेतलाई हराएका हुन् ।

उक्त वडामा एमालेको वडा अध्यक्ष सहित तीन सदस्यका उम्मेदवार विजयी भएका छन् । सो वडामा काँग्रेसको एक जना मात्र महिला सदस्य विजयी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार