कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् ।

अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत पाइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार