तारकेश्वर नगरपालिकामा कांग्रेसले जित्यो मेयर र उपमेयर दुवै पद

काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद कांग्रेसले जितेको छ । कांग्रेसका कृष्णहरि महर्जन ११ हजार ९८ मतसहित मेयरमा निर्वाचित हुँदा एमालेका रामेश्वर बोहोरा सात हजार ८० मत ल्याएर पराजित भए ।

यस्तै उपमेयरमा कांग्रेसकै सिर्जना बुर्लाकोटी १० हजार ७८६ मत ल्यााएर निर्वाचित हुँदा एमालेकी भवानी डोटेलले आठ हजार ६०० मत प्राप्त गरिन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा तारकेश्वरमा मेयर र उपमेयर दुवै पद एमालेले जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार