म्याग्दीको धवलागिरीमा कांग्रेस-माओवादीले एमालेलाई हराए

म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका छन् । उनले ३ हजार १२३ मत प्राप्त गरेका छन् ।

यहाँ नेकपा एमालेका उम्मेदवार थमसरा पुन पराजित भइन् । उनले २ हजार ५४८ मत ल्याएकी छन् ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम पुन मगर निर्वाचित भए । उनले २ हजार ८१२ मत ल्याएका थिए । उनले एमालेका उम्मेदवार प्रगती कार्कीलाई हराएका हुन् । उनले २ हजार ६१८ मत ल्याएका थिए ।

धवलागिरीमा कांग्रेस-माओवादीले चुनावी तालमेल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार