रामकुमारी झाँक्रीको पालिकामा कांग्रेसका कुँवर विजयी

नेकपा एमालेको गढ मानिएको गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रबहादुर कुँवर विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका कुँवरले ४ हजार ७ सय ७ मत पाएका छन्। उनका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर केसीले ४ हजार ६ सय ९७ मत ल्याए ।

उपाध्यक्षमा भने एमालेकी सरिता खड्का ४ हजार ५ सय ६७ मत ल्याएर विजयी भईन । माओवादी केन्द्रका बेगम चन्द बोहरा ४ हजार २ सय ११ मत ल्याएर पराजित भएका छन् ।

मदाने गाउँपालिका नेकपा एकीकृत समाजवादीकी नेतृ एवं मन्त्री रामकुमारी झाँक्रीको पालिका पनि हो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार