मकवानपुरको राक्सिराङ गाउँपालिकाको मतगणना रोकियो

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो ।

हालसम्म गणना भएको परिणाम अनुसार यो पालिकामा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् । उनलाई माओवादीका बनस्तम थिङले १४८४ मतका साथ पछ्याइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार