जित सुनिश्चित भएपछि मात्र बादललाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । ‘राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ । मतदातासँग कुराकानी पछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ,’ उनले भने ।

गृहमन्त्री रामहादुर थापा बादल माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।

कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार