मतपत्र ढुवानीको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं । देशका विभिन्न जिल्ला पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ ।

देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने प्रवक्ता पौडेलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार